चैत्र ९, २०८२ सोमबार | ०२:५३:४६
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

राष्ट्रिय फुटबल टोलीको व्यवस्थापक नियुक्ति विवाद

भण्डारी (दायाँबाट दोस्रो)लाई नियुक्ति पत्र हस्तान्तरण गर्दै कार्यवाहक महासचिव जोशी (बीचमा) । साथमा एन्फा केन्द्रिय सदस्यद्धय मनिष जोशी र रमेश ब्यन्जनकार तथा सहमहासचिव बद्रि भट्टराई । (तस्बिरः

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको व्यवस्थापक नियुक्तिको विषय विवादमा तानिएको छ ।

अखिल नेपाल फुटबल संघ ( एन्फा) का कार्यवाहक महासचिव अरुणमान जोशीले सोमबार सरस्वती क्लबका उत्तमराज भण्डारीलाई नेपाली राष्ट्रिय टोलीको व्यवस्थापक नियुक्तिको प्रमाणपत्र प्रदान गरेका थिए । 

नेपाली राष्ट्रिय टोली अहिले म्यानमारसँगकाे दुई मैत्रीपूर्ण खेल तथा फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीमा छ ।

नेपालले म्यानमारसँग भदौ २२ र २५ गते  दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि विश्वकप तथा एसिया कप छनोटको प्रारम्भिक चरणमा असोज २५ र ३० मा लाओसको सामना गर्दैछ ।  तिनै दुई मैत्रीपूर्ण खेल तथा विश्वकप तथा एसिया कपको प्रारम्भिक छनोटका लागि एन्फाले भण्डारीलाई नियुक्त गरेको हो । 

भण्डारी नियुक्त भएको एक दिन नबित्दै उपाध्यक्ष दावा लामाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा अस्पष्ट स्ट्याटस लेख्दै नियुक्तिमाथि आपत्ति जनाएका छन् ।

व्यवस्थापक नियुक्तितर्फ संकेत गर्दै लामाले प्रश्न गरेका छन्,‘श्रीमान कार्यवाहक अध्यक्ष ज्यू तथा कार्यवाहक महासचिव ज्यू के तपाईहरुले गर्नुभएको नियुक्ति विधानसम्मत छ त ?  यदी छ भने मेरो भन्नु केही छैन । होइन भने यो नियुक्तिको जिम्मेवारी कस्ले लिने ? अध्यक्ष र महासचिव ज्यू नभएको बेला जे मन लाग्यो त्यही गर्ने ? के यस्तै नियुक्ति गर्नका निम्ति कार्यवाहकको जिम्मेवारी दिएको हो ?’

एन्फाले सामाजिक सञ्जालमार्फत सोमबार भण्डारीलाई व्यवस्थापक नियुक्त गरेको सार्वजनिक गरेको थियो ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई फिफा महिला विश्वकपका लागि हाल अस्ट्रेलिया भ्रमणमा छन् । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले कार्यवाहक अध्यक्ष तथा सहमहासचिव जोशीले कार्यवाहक महासचिवको भूमिकामा काम गरिरहेका छन् । 

उपाध्यक्ष लामाले नियुक्ति अवैधानिक भएको दावी गरे पनि राष्ट्रिय टोलीका व्यवस्थापककै नियुक्तिलाई चाँही उल्लेख गरेका छैनन् । तर कार्यवाहक हैसियतमा आफूहरुले राष्ट्रिय टोलीको व्यवस्थापकमा भण्डारीलाई वाहेक अन्य कुनै पनि नियुक्ति नगरेको कार्यवाहक महासचिव जोशीले बताए । 

एन्फाको विधानअनुसार राष्ट्रिय टिममा नियुक्तिको अधिकार कार्यसमितिमा निहित छ । विधानको धारा ३८ मा कार्यसमितिको अधिकार उल्लेख गरिएको छ । जसको उपधारा १० मा ‘एन्फाको प्रतियोगितामा सहभागी हुने टिमहरुको संख्या, मिति, स्थानको बारेमा निर्णय गर्ने तथा सम्बन्धित नियमावली बनाउने’ तथा ११ मा प्रतिनिधित्व गर्ने टिमहरुको लागि प्रशिक्षक तथा अन्य प्राविधिक कर्मचारीहरुको नियुक्ति गर्ने’ उल्लेख छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो