काठमाडौं जिल्ला क्रिकेट संघ

काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा घले निर्विरोध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का पूर्वउपाध्यक्ष दिवाकर घले काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा चयन भएका छन् ।

संघको मंगलबार सम्पन्न चौथो साधारणसभाले घलेलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

 यसैगरी नेपाली क्रिकेट टोलीका पुर्वकप्तान पारस खड्का कार्यसमिति सदस्यमा निर्विरोध चुनिएका छन्  । संघको उपाध्यक्ष अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत चयन भए। 

सदस्यमा पूर्वकप्तान खड्कासँगै पूर्वक्रिकेटर अमृता पौडेल, मनिष कुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योति गुरुङ चुनिए । 

क्यानको केन्द्रीय कार्यसमिति चुनाव नजिकिँदै गर्दा जिल्लामा पनि पदाधिकारी छनोटले तिब्रता पाइरहेको छ । त्यही क्रममा काठमाडौं जिल्ला क्रिकेट संघको पनि अधिवेशन भएको हो ।

क्यानको कार्यसमिति चयनका लागि असोजमा चुनाव गर्ने तयारी छ ।