इस्ट एसियन युथ गेम्स

अशोकले इस्ट एसियन युथ गेम्समा निर्णायको भुमिका निर्वाह गर्ने

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मङ्गोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा निर्णायको भुमिका निर्वाह गर्ने भएका छन् ।

एसियन ओलम्पिक काउन्सिल र मङ्गोलियाको खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकुद मेलामा तेक्वान्दोतर्फ दक्षिण एसियाबाटै एक मात्र निर्णायकका रूपमा  नेपालका अशोकलाई चयन गरिएको हो ।  

अशोक हाल दक्षिण कोरियामा छन् । दुई साताअघि विश्व र्याङकिङ जी २ प्रतियोगिता किम योङ कप तेक्वान्दो च्याम्पियनसिप निर्णायकको भूमिका निर्वाह गर्न अशोक दक्षिण कोरियाको मुजु गएका थिए ।

अशोक दक्षिण कोरियाबाटै मङ्गोलियाको उलानबाटर प्रस्थान गर्नेछन् । प्रतियोगिता अगस्ट १६ देखि २२ तारिखसम्म हुनेछ ।