अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

इबिएले हिमरश्मीलाई हरायो

सांकेतिक तस्बिर

काठमाडौं ।  इडेन ब्रिज एकेडेमी (इबिए) ले १०औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात निलकालेको छ ।

बाफलस्थित ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भइरहेको प्रतियोगितामा इबिएले हिमरश्मीलाई २२-१७ ले पराजित गरेको हो । इबिएका आदित्य श्रेष्ठले २० स्कोर गरे ।

सिनियर ब्वाइजमा जेनिथले हार्टल्यान्डलाई ५२-२१, पिपुल्स एकेडेमीले निलायमलाई २२-१०, पुष्पसदनले न्यु जेनिथलाई ३५-१८ तथा काठमाडौं भ्याली, छाउनीले ओरकल रेलाई २७-११ ले हराए । 

जेनिथका रोनिश तामाङले १५, पिपुल्सका विवेक भण्डारीले ६, पुष्पसदनका रेवन्त यादवले नौ र काठमाडौं भ्यालीका, छाउनीका दिपेश तामाङले २३ अंक जोडे ।

सिनियर गर्ल्समा रिब्स ‘ए’ ले काठमाडौं भ्याली, छाउनीलाई २०-७, जेसिस इन्टरनेसनलले रिब्स ‘बी’ लाई १९-६, काष्ठमण्डप विद्यालयले ग्रिनफिल्ड ‘बी’ लाई २९-९, साइ निलायमले ग्रिनफिल्ड ‘ए’ लाई २३-१५ र हिमरश्मीले इबीएलाई १५-७ ले पराजित गरे ।

रिब्स ‘ए’ की नौशिका लिम्बूले नौ, जेसिसकी स्मृति थापाले १०, काष्ठमण्डपकी रिया राईले आठ, साइ निलायमलकी रश्मी श्रेष्ठ र दिपिशा थापाले समान सात तथा हिमरश्मीकी निमा तामाङले ११ अंक जोडे ।