एसेज टेस्ट शृंखला

अस्ट्रेलियामाथि इङ्ल्यान्ड हाबी हुने उडको विश्वास

लन्डन । इङ्ल्यान्डका तीब्र गतिका बलर मार्क उडले आगमी साताबाट सुरु हुने अस्ट्रेलियाविरुद्धको एसेज टेस्ट शृंखलाको चौथो खेलमा पनि आफुहरु हाबी हुने बताएका छन । 

गत साता तेस्रो टेस्टमा इङ्ल्यान्डले जित निकाल्दै शृंखला २-१ को स्थितीमा ल्याउँदा उडले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले एक सय रन खर्चदै ७ विकेट लिएका थिए भने १६ बलमा ४० रनको योगदान गरेका थिए ।

पहिलो र दोस्रो टेस्टमा नतिजा सुम्पिएसँगै दबाबमा आएको इङ्ल्यान्ड तेस्रो खेलमा निकालेको जितसँगै शृंखलामा पुनरागमन गर्ने लक्ष्यमा रहेको छ । सुरुआती दुवै टेस्टमा अनुपस्थित रहेका उडले तेस्रो टेस्टमा भने आफ्नो उपस्थिती प्रमाणित गरेका थिए । 

‘कप्तान बेन स्टोक्सले ममाथि विश्वास गरे र म त्यसलाई नतिजामा परिवर्तन गर्न सफल भए’,उनले भने, ‘यो लय आगामी खेलहरुमा पनि कायम रहनेमा विश्वस्त छु ।’

सन् २०१५ मा डेब्यु गरेका उनले इङ्ल्यान्डबाट २९ टेस्ट खेलिसकेका छन ।