एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

एपिएफ सोझो सेटमा विजयी

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ लगातार तेस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा एपिएफले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराएको हो ।

एपिएफले खेल २५-९, २५-१२, २५-१२ ले आफ्नो पक्षमा पारेको  हो ।

जितसँगै एपिएफले ३ खेलमा ८ अंक जोडेको छ । लगातार तेस्रो पराजय ब्यहोरेको एभरेस्ट अंकविहिन छ ।

यसअघि एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ र गण्डकी प्रदेशलाई ३-० को सेटमा हराएको थियो । एभरेस्ट नेपाल पुलिस  लब र  न्यू डायमन्ड युथ स्पोर्टस क्लबसँग ३-० सोझो सेटमा पराजित भएको थियो ।

अब बुधबार एपिएफले पुलिस र एभरेस्टले गण्डकीको समाना गर्नेछन् ।

मंगलबार नै हुने महिलातर्फकाे खेलमा न्यू डायमन्डले आर्मीसँग प्रतिस्पर्धा गर्दैछ ।

यसैगरी पुरुपतर्फ पुलिसले दावाँली मिलन क्बल, हेल्प नेपालले गण्डकी र एपिएफले शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबको सामना गर्नेछन् ।