आइसिसी लिग टु

नेपालको सुखद सुरुआत

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) लाई चार विकेटले हराउँदै नेपालले आइसिसी विश्वकप लिग टुअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा सुखद सुरुआत गरेको छ ।


यस जितसँगै नेपाल २९ खेलमा २८ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा रहँदा पराजय ब्यहोरेको पिएनजी २९ खेलमा पाँच अंकका साथ सातौं स्थामा छ ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पिएनजीले प्रस्तुत गरेको दुई सय चार रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

नेपालका लागि कुशल भुर्तेलले ६९ बलमा पाँच चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए । यसैगरी आसिफ शेखले ४४, आरिफ शेखले ३३, दीपेन्द्रसिंह ऐरी २२, कप्तान रोहितकुमार पौडेलले २० र कुशल मल्लले अविजित १२ रन जोडे ।

पहिलो विकेटका लागि कुशल र आसिफले ७६ रनको साझेदारी गरेका थिए ।

पिएनजीका लागि कप्तान असाद भालाले तीन तथा नोर्मन भानुआ र सेसे बाउले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा नौ गुमाउँदै दुई सय तीन रनको योगफल तयार पारेको थियो ।

पिएनजीका लागि चाड सोपरले अविजित ३६, कप्तान असाद भालाले ३६, सेसे बाउनले ३१, किपीलंन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।

दोस्रो विकेटका बाउ र डोरिगाले ५० रनको साझेदारी गरेका थिए ।

नेपालका लागि गुल्सन झाले तीन, कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान एक विकेट लिए ।

लिग टु मा शीर्ष स्थानको स्कटल्यान्ड, दोस्रो स्थानको ओमान, तेस्रो स्थानको नामिबिया र चौथो स्थानको अमेरिकाले ३६ वटै खेल खेलिसकेका छन । ५० अंक जोडेको स्कटल्यान्ड ५० र ४४ अंक जोडेको ओमानले शीर्ष दुईमा रहँदै जिम्बाब्वेमा हुने विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ ।

बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ अंक छ । पाँचौ स्थानको युएईको २८ खेलमा २९ अंक रहेको छ ।