एलपिएल

एलपिएलः सत्यवतीको लगातार तेश्रो जित

धनगढी । विद्यालय स्तरीय यु-१९ राष्ट्रिय ट्वाटी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा सत्यवती एकेडेमी अत्तरिया कैलाली र गुराँस एकेडेमी अत्तरिया कैलाली विजयी भएका छन्।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा सत्यवती एकेडेमीले शारदा विद्या निकेतनलाई ६८ रनले पराजित गरेको हो । लगातार तेस्रो जित निकालेको सत्यवतीले सेमिफाइनल सम्भावना बलियो बनाएको छ।

सत्यवतीले प्रस्तुत गरेको एक सय ६५ रनको लक्ष्य लक्ष्य पछ्याएको शारदा १८.३ ओभरमा ९७ रनमै  समेटियो । शारदाका लागि अशोक धामीले सर्वाधिक २५ रन तथा हृदय बिठारीले १५ रन बनाए। 
 

सत्यवतीका लागि अभिषेक कोइरालाले तीन, जित साउद र सुजन गौतमले  समान दुई तथा  निरज भट्ट र युवराज खत्रीले समान एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ राजेको सत्यवतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रनको योगफल तयार पारेको थियो ।

सत्यवतीका लागि सुजन गौतले सर्वाधिक ४० रन बनाए। यसैगरी अभिषेक कोइरालाले ३५, सोनु अन्सारीले २१, इमरान शेखले १९ र  खगेन्द्र जोशीले १८ रन बनाए। 
 

शारदाका लागि  राज बमले दुई तथा दिपक रोकाया र हृदय बिठारी र राजेन्द्र साउदले समान एक विकेट लिए।

दिनको दोश्रो खेलमा गुराँस एकेडेमीले होली फेमिलीलाई पाँच रनले पराजित गरेको थियो । गुराँसले प्रस्तुत गरेको एक सय १५ रनको लक्ष्य पछ्याएका होली फेमिलीले २० ओभर नै ब्याटिङ गरे पनि नौ  विकेट गुमाउँदै एक सय नै रन मात्र बनाउन सक्यो ।  

होली फेमिलीका लागि कैलाश क्षेत्रीले १९, अभिषेक बुढाले १४ तथा  विरेन बम, अरुण राना र मनोज खड्काले समान १३ रन बनाए।

गुराँस एकेडेमीका लागि सचिनबहादुर मल्लले सर्वाधिक तीन अभिषेक कुँवरले दुई तथा सौर्य श्रेष्ठ र रवी विष्टले समान एक लिए।

यसअघि टस जितेर ब्याटिङ राजेको गुराँस एकेडेमीले २० ओभरमा सात विकृेट गुमाउँदै एक सय १४ रनको योगफल तयार पारेको थियो । गुराँसका लागि लागि सचिन साउदले सर्वाधिक ३२ रन बनाए भने विशाल विष्टले २४ तथा अविशेक कुँवरले १२ रन जोडे ।

होली फेमिलीका बलर प्रेम ठकुराठीले तीन  विरेन बम, नेहाल दमाई, राहुल भण्डारी र सन्तोष विष्टले समान एक  विकेट लिए।