काठमाडौं । हेल्प नेपाल क्लबले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप) को कभर्ड हलमा आइतबारको अन्तिम खेलमा हेल्प नेपालले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
हेल्प नेपालले खेल २५-१९,२६-२४,२५-१५ ले आफ्नो पक्षमा पार्यो ।
आइतबार नै पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लबले न्युटन भलिबल क्लबलाई २९-२७,२५-२३,२५-२३,बूढानीलकण्ठ भतिलब क्लबले कर्णाली प्रदेशलाई २५-१०, २५-१८, २५-१७ तथा सुदूरपश्चिम प्रदेशले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५-२१, २५-१३,२५-१७ ले हराउँदै सुखद सुरुआत गरे ।
यसैगरी महिलातर्फ दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेका छन् ।
एपिएफले मधेश प्रदेशलाई २५-८,२५-७,२५-२ तथा पुलिसले कर्णाली प्रदेशलाई २५-१२,२५-७,२५-८ ले ले पराजित गरे ।