पाँचौ सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता

पाँचौ सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साताबाट

काठमाडौं । ललितपुर जिल्ला टेबल टेनिस संघको आयोजनामा माघको तेस्रो साताबाट पाँचौ सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता माघ १७ देखी २१ गते सम्म संचालन हुनेछ । 

प्रतियोगितमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, युएई, दक्षिण कोरिया,माल्दिभ्स, जापान, फ्रान्स र माल्दिभ्स लयतायका राष्ट्रका पाँच सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष टिम इभेन्ट, महिला टिम इभेन्ट,पुरुष भेट्रान्स एकल(४० वर्ष माथि),महिला भेट्रान्स एकल (४० वर्ष माथि) र पुरुष भेट्रान्स एकल (५५ वर्ष माथि) गरि सात विधामा प्रतिस्पर्धा हुनेछ ।

जसअन्तर्गत महिला एकल ,पुरुष एकलका साथै पुरुष टिम इभेन्टस र महिला टिम इभेन्टसतर्फका शीर्ष तीन खेलाडीले क्रमशः५० हजार, २५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन ।

त्यस्तै भेट्रान्सतर्फको तीन विधाका विजेता, उपविजेता र तेस्रो स्थानका खेलाडीले २५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।