टेबल टेनिस

खुला टेबल टेनिस प्रतियोगिता फागुन अन्तिम साता हुने

सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौं जिल्ला टेबल टेनिस संघको आयोजनामा १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता फागुन २५ गतेदेखी हुने भएको छ ।

प्रतियोगितामा पुरुष/ महिला सिंगल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपाङ्ग भएका, दृष्टिविहीन र खेल पत्रकारमा गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा करिब तीन सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको पुरुष/ महिला सिंगल्समा विजेताले ५० हजार, उपविजेताले २५ हजार तथा सेमिफाइनलबाट बाहिरिने दुई खेलाडीले समान १०  हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

फागुन २९ गतेसम्म  संञ्चालन हुने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।