बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिक च्याम्पियन

काठमाठौं । ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्प्यिन बनेका छन् ।

 ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स तथा  र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन्  ।

बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसीए) र बुढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको  सिनियर ब्वाइज फाइनलमा शनिबार ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि ३५-३४ को रोमाञ्चक जित निकाल्यो । ग्रिनल्यान्डका प्रविण गुरुङले १५ अंक जोडे ।

बूढानीलकण्ठस्थित रुद्रेश्वर हाइटमा भएको सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३१-२२ ले हरायो । भ्याली पब्लिककी अनिता गुरुङले ११ अंक जोडिन् ।

जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले किङडम हिमालयनलाई ३२-२२ ले पराजित गरेको हो ।  गोल्डेनपिकका अमन गुरुङले १३ स्कोर गरे ।

तीनै समूहका विजेताले १५ हजार तथा उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरे ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रविण गुरुङ, सिनियर गर्ल्समा भ्याली पब्लिक मुस्कान गुरुङ र जुनियर ब्वाइजमा गोल्डेनपिकका अमन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनीहरुले जनही एक  हजार पाँच  सय नगद पुरस्कार पाए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका सुनिल पौडेल, सिनियर गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ र जुनियर ब्वाइजमा किङडम हिमालयनका लोप्साङ तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । 
सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ, सिनियर गल्र्समा पृथ्वीकी बविता घिमिरे र जुनियर ब्वाइजमा गोल्डेनपिकका पासाङ टासी शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर उद्धवप्रसाद खरेल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, आयोजक बीएमसीए विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङ, बीएमसीएका प्रिन्सिपल मोहनप्रसाद भट्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा आयोजकले बास्केटबलको विकास र विस्तारमा योगदान पुर्याएवापत बास्केटबलका प्रशिक्षक पूर्ण न्यौपाने, नारायण खवास र मिनबहादुर खड्कालाई नगदसहित सम्मान गरेको थियो ।

जेठ १७ गतदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २७, सिनियर गर्ल्मा १६ र जुनियर ब्वाइजमा १३ गरी जम्मा ५३ टोलीले सहभागिता जनाएका थिए ।