वैशाख १५, २०८२ सोमबार | १३:२९:३४
एसियाली सिनियर करातेका लागि नेपालबाट १२ खेलाडी छनोट लखनउका कप्तान ऋषभ पन्तलाई २४ लाख जरिवाना इन्टर मियामी घरेलु मैदानमै पराजित आर्सनल १८ वर्षपछि उपाधि नजिक म्यानचेस्टर सिटी एफए कपको फाइनलमा आरसिबी शीर्ष स्थानमा उक्लियो लिभरपुललाई प्रिमियर लिगको उपाधि दक्षिण एसियाली युथ टेबलटेनिसः नेपाललाई १२ पदक बार्सिलोना उपाधि नजिक इन्टर मिलान घरेलु मैदानमै पराजित एसियाली सिनियर करातेका लागि नेपालबाट १२ खेलाडी छनोट लखनउका कप्तान ऋषभ पन्तलाई २४ लाख जरिवाना इन्टर मियामी घरेलु मैदानमै पराजित आर्सनल १८ वर्षपछि उपाधि नजिक म्यानचेस्टर सिटी एफए कपको फाइनलमा आरसिबी शीर्ष स्थानमा उक्लियो लिभरपुललाई प्रिमियर लिगको उपाधि दक्षिण एसियाली युथ टेबलटेनिसः नेपाललाई १२ पदक बार्सिलोना उपाधि नजिक इन्टर मिलान घरेलु मैदानमै पराजित

‘सम्मानको नाममा अपमान गर्ने परम्परा’को निरन्तरता, खेलकुदमा अनिवार्य नाम अटाएनन्

काठमाडौं, (खेलाडी)- नेपाल सरकारबाट पाउने सम्मान र विभुषण जहिल्यै पनि विवादको घेरामा पर्ने गरेको छ । सरकारले खास अवसरमा देशका लागि विभिन्न क्षेत्रमा गरेको योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थालाई सम्बन्धित निकायको सिफारिसका आधारमा सम्मान गर्ने गरेको छ । 

तर सिफारिस गर्ने निकायहरुको स्वार्थ प्रष्ट झल्किँदा सरकारले गर्ने सम्मान पनि सम्मानितलाई नै अपमानित गर्ने गरी सधै विवादित हुने गरेको छ । यसपाली पनि ‘सम्मानले अपमान गर्ने परम्पराले निरन्तरता पाएको’ भन्दै थुप्रैले त्यसलाई बहिस्कार गरेका छन् । 

राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको लापरवाहीका कारण सम्मानकै अपमान भएको छ । 

संविधान दिवसका अवसरमा आज पनि नेपाल सरकारले विभिन्न क्षेत्रमा देशका लागि योगदान पुर्याएका व्यक्तिलाई विभुषित गर्ने क्रममा खेलकुदबाट डेढ दर्जन भन्दा बढि व्यक्ति र संस्था समेटेको छ । 

तर सिफारिस गर्ने सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको लापरवाहीका कारण सम्मानकै अपमान भएको छ । 

फुटबल र क्रिकेटका राष्ट्रिय टोलीका कप्तान किरणकुमार चेम्जोङ र ज्ञानेन्द्र मल्लसहितका खेलाडी तथा खेलकर्मी सम्मानित गर्दा खेलकुदलाई ठूलो प्रायोजन गर्दै आएका केल्मीका प्रवन्धक उत्तम न्यौपाने खेल आयोजकको विधामा सुकीर्ति पदकबाट विभुषित भएका छन् । यसैगरी काठमाडौं जिल्ला ब्याड्मिन्टन संघका अध्यक्ष दीपक थापालाई खेलाडीको सुचीमा राख्दै सुकीर्ति पदक प्रदान गरिएको छ । 

अन्तर्राष्ट्रिय अम्पायरका रुपमा ओलम्पिकदेखि अन्य थुप्रै विश्वस्तरीय प्रतियोगिताहरु खेलाइसकेका काठमाडौं जिल्ला ब्याड्मिन्टन संघका अध्यक्ष थापाले आफूले खेलाडीका रुपमा नभई अफिसियलको रुपमा विभुषण पाएको बताए ।

‘मैले गृह मन्त्रालयमा पनि कुरा गरेँ । ब्याड्मिन्टनबाट दीपक थापा हुनुपर्नेमा ब्याड्मिन्टन खेलाडी भएको रहेछ । अरु धेरैको हकमा पनि यस्तै गल्ती भएको छ,’ थापाले खेलाडीसँग भने, ‘मलाई अफिसियलको हैसियतमा विभुषण प्रदान गरिएको हो ।’

सरकारी विभुषणमा अटाउनै पर्ने केही अनिवार्य नाम भने सरकारी सुचीमा नअटाएको राष्ट्रिय खेलकुद परिषदका एक पदाधिकारीले बताए । नेपालमै दुई वर्षअघि सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक जितेकी गौरिका सिंह तथा दोहोरो स्वर्ण पदक विजेता कराँतेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवाष तामाङको नाम पनि खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले सम्झन आवश्यक नठान्नु नेतृत्वको खेलकुदप्रतिको उदासिनताको नमुना भएको तिनले खेलाडीसँग बताए । 'सम्मानित भएका खेलाडी र खेलकर्मीको योगदानमा प्रश्न उठाउने ठाउँ छैन । तर उनीहरुभन्दा बढि योगदान गर्नेले नपाउँदा उनीहरुलाई पनि लाज लाग्न सक्छ,' परिषदका ती पदाधिकारीले भने ।

‘हामीले सागमा एकभन्दा बढि पदक जितेपछि सरकारबाट संविधान दिवस र गणतन्त्र दिवसमा गरी चार पटक यस्ता विभुषण वितरण गरिए पनि हामीले पाएका छैनौं,’ सागमा दोहोरो स्वर्ण पदक जितेका कराते खेलाडी मन्देकाजी श्रेष्ठ भन्छन्, ‘हाम्रो पालो आउँदै होला । खेलाडीको पालो ढिलो नै आउने हो । हामी प्रतिक्षा गर्छौ ।’

सरकारले किरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवाश्रीबाट विभुषित गर्दा १३औं सागमा दोहोरो स्वर्ण पदक जितेकी तेक्वान्दो खेलाडी आयशा शाक्य, दक्षिण कोरियाली तेक्वान्दो प्रशिक्षक क्वान योङ दालले जनसेवाश्री पाएका छन् । 

गत वर्ष दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्ण पदक जिते पनि खेलाडी तथा प्रशिक्षकहरुलाई बेवास्था गर्दै परिषद र मन्त्रालयका सीमित पदाधिकारीलाई मात्र सरकारी विभुषण भागबण्डामा वितरण गरिएको भन्दै चर्को आलोचना भएको थियो । 

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र पारा खेलाडीहरु हिमाल अर्याल र केशव थापा, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द जनसेवाश्रीबाट विभुषित भए ।

यसैगरी तेक्वान्दो प्रशिक्षक नोर्बु लामा, १३औं सागकी स्वर्ण पदक विजेता कराते खेलाडी अनु अधिकारी, पावर लिफ्टिङका प्रकाश केसी, उसुबाट १३औं सागमा स्वर्ण पदक जितेकी जुनी राई, १३औं सागकी स्वर्ण पदकधारी तेक्वान्दोकी संगीता बस्याल, ट्रायाथलनका स्वर्ण पदक विजेता सोनी गुरुङ र करातेका साग स्वर्णधारी लक्ष्मण तामाङले सुकीर्ति पदक प्राप्त गरे ।

गत वर्ष दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्ण पदक जिते पनि खेलाडी तथा प्रशिक्षकहरुलाई बेवास्था गर्दै परिषद र मन्त्रालयका सीमित पदाधिकारीलाई मात्र सरकारी विभुषण भागबण्डामा वितरण गरिएको भन्दै चर्को आलोचना भएको थियो । 

यसपाली पनि सरकारले विभिन्न क्षेत्रका गरी झण्डै एक हजारलाई विभिन्न विभुषण र अलंकार प्रदान गर्दा थुप्रैले ‘पारदर्शी नभएको, भागबण्डाका आधारमा गरिएको र यस्ता विभुषणले उल्टो अपमानित भएको महशुष भएको’ भन्दै पदक नलिने घोषणा गरिसकेका छन् ।


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC