माघ १५, २०८२ बिहीबार | १५:०८:३९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

अन्तिम १६ समिकरण पूरा

काठमाडौं, (खेलाडी) - विभागीय क्लब त्रिभुवन आर्मीका रत्नजित तामाङ र आयोजक रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगत पुरुष एकलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 
त्यस्तै आर्मीकै प्रफुल महर्जन पनिे अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा आइतबार भएको अन्तिम ३२ को खेलमा वाइ पाएर दोस्रो चरणमा खेलेका रत्नजित तामाङले आर्मीकै आयुष्मान नागरीलाई २१–९ र २१–८ सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

  यस्तै आयोजक लिजर पार्कका प्रिन्स दाहालले कपिलवस्तु ब्याडमिन्टन क्लबका रोहित बरालमाथि २१–६ र २१–७ को सोझो सेटमा पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । आर्मीकै पविन लिङ्थेप र प्रफुल महर्जनले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।

 पविनले नेपाल एपिफ क्लबका पेम्वा शेर्पालाई २१–१७ र २१–१४ तथा प्रफुलले विर्ता ब्याडमिन्टन क्लबका नविन सिलवाललाई २१–१० र २१–८ ले हराए । एपिएफका सुमन लिम्बुले देवीनगर ब्याडमिन्टन क्लबका एडिस कार्कीलाई २१–१५ र २१–११ ले हराए । 

  पुरुष युगलतर्फ पनि प्रि–क्वाटरफाइनल समिकरण पुरा भएको छ । पुरुष युगलमा आर्मीका पविन लिङ्थेप र सुरोज महर्जन, कपिलवस्तुका रोहित बराल र अभय महरा, साइनो स्पोर्ट्स क्लबका राम बानियाँ र सुजन थापा, पाँचथर र विर्ता बीसीका एसिया जवेगु र नविन सिलवाल, एपिएफका प्रियान्सु सिंह क्षेत्री र पेम्वा शेर्पा, बीबीसीका विश्वास रिमाल र गणेश रायमाझीको जोडीले प्रि-क्वाटरफाइनलमा स्थान बनाए ।

 


 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।