चैत्र १४, २०८२ शनिबार | ०५:०१:०४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

करण र सन्दीपको उच्च प्रदर्शन, नेपाललाई एक सय २२ रनको लक्ष्य

काठमाडौं (खेलाडी)- नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आयोजक ओमानलाई सानो स्कोरमा सीमित गरेको छ । 

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा टस जितेपछि नेपालले फिल्डिङ रोजेको थियो । टस हारेपछि पहिला ब्याटिङ गरेको ओमानका ब्याट्सम्यानलाई नेपाली बलरले नियन्त्रणमा राखेपछि घरेलु टोली ३७.१ ओभरमा अल आउट हुँदै एक सय २१ रनमा सिमित भयो । 

ओमानविरुद्धको पहिलो खेलमा बुधबार पाँच विकेटको हार भोगेको नेपालले आजको खेल जित्नका लागि १ सय  २२ रनको लक्ष्य प्राप्त गर्नुपर्नेछ । 

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर फिल्डिङ रोजेको खेलमा नेपाली बलर सामु कुनै पनि ओमानी ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । 

ओमानका लागि कप्तान जीशान मक्सुदले सर्वाधिक ४१ रन बनाए । ६६ बल खेलेका मक्सुदले २ चौका र १ छक्का गरेका थिए । 

अघिल्लो खेलमा सानदार सतक प्रहार गरेर ओमानलाई जितको बाटोमा डोर्याएका ओपनर जतिन्दर सिंहले १३ बलमा १३ रन बनाए । यस्तै नसीम खुसीले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । 

नेपालमा सन्दीप लामिछाने र करण केसीले उत्कृष्ट बलिङ गरे । करण र सन्दीप दुवैले समान चार विकेट लिए । तिब्र गतिका बलर करणले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चदा ८.१ ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै १८ रन खर्चिए । सन्दीपले ओमानका सुरज कुमार र नेस्टर धम्बा शुन्यमै आउट गराएका थिए । 

त्यस्तै शरद भेषावकरले ४ ओभरमा एक मेडन राख्दै ११ रन खर्चिएर २ विकेट लिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो