फुटसल

फुटसलको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिए

काठमाडौं । मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ मा सहभागी हुने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् ।

गत साता चन्द्रागिरी नगरपालिकास्थित मछेगाउँको मत्स्या रिक्रिएशन सेन्टरमा मंगलबार सम्पन्न छनोट प्रतियोगिताबाट २५ खेलाडी बन्द प्रशिक्षणमा छानिएका थिए ।

मुख्य प्रशिक्षक गौरब बस्नेतले आइतबार पाँच खेलाडीलाई बाहिर राख्दै बन्द प्रशिक्षणमा रहेका २० खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।  

बन्दा प्रशिक्षणबाट अशोक दरलामी, सुमन कार्की, सनम शेर्पा, हेमन्त गुरुङ र मनिष सेडाई बाहिरिएका छन् । बन्द प्रशिक्षणबाट १४ सदस्यीय अन्तिम टोली घोषणा हुनेछ ।

एएफसी फुटसल एसियन कप छनोट २०२४ को समूह ‘डी’ मा नेपालसहित भियतनाम, दक्षिण कोरिया र मंगोलिया छन् । यो समूहका खेलहरु आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मंगोलियामा हुनेछन् ।

छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कपका लागि छानिने छन् । त्यस्तै सात उत्कृष्ट उपविजेता टोलीले पनि प्रतियोगितामा स्थान बनाउने छन् ।

बन्द प्रशिक्षणका लागि छानिएका खेलाडी

गोलकिपरः सुमितकुमार आले, सागर गुरुङ, आशिष दंगाल,

फिक्सोः सुरज गुरुङ, विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्तान, रुपेश क्षेत्री

अलाः रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, अमित तामाङ, दिपेश घले, रोशन अधिकारी, सुजित बुढाथोकी, किरण चौधरी

पिभोटः मणिकुमार लामा, रिवास मास्के, उज्वोल शाही