मोर्डन पेन्टाथलन

पेन्टाथलनमा नेपाललाई कांस्य

काठमाडौं । नेपालले हेइनाम कोरिया ओपन अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलन प्रतियोगितामा कांस्य पदक जितेको छ । नेपालले यू-१९ उमेर समूहको रिलेमा कांस्य जितेको नेपाल मोर्डन पेन्टाथलन संघका सदस्य ज्ञानेन्द्र श्रेष्ठले जनाएका छन् ।

दक्षिण कोरियाको हेइनाममा जारी प्रतियोगितामा राहुल दर्शन, सोयबमान श्रेष्ठ र शुलभ सुनुवार सम्मिलित नेपाली टोलीले कांस्य पदक जितेको हो ।