ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

ग्रिनफिल्ड र सेब विजयी

सांकेतिक तस्बिर

काठमाडौंं । सेब र आयोजक ग्रिनफिल्ड नेसनल स्कुल ‘ए’ १०औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा विजयी  भएका छन् । 

सोमबार बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्ड ‘ए’ ले ओरेकल रेलाई २९-८ ले पराजित गरेको हो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १३ स्कोर गरे ।  सेबले राइजिङ स्टारलाई ३५-१७ ले हरायो । सेबका विप्लप गुरुङले १३ अंक जोडे ।

सिनियर ब्वाइजमै पुष्पसदनले हार्टल्यान्डलाई २८-१६, सिद्धार्थ बनस्थलीले साइ निलायमलाई २१-२०, रेडियन्ट पब्लिकले ग्रिनफिल्ड ‘बी’ लाई ४४-२८, एनआईसी एकेडेमीले एस्फोडेललाई ३१-१७ र नेपालयले ग्रिनफिल्ड ‘सी’ लाई १९–१६ ले हराए।

पुष्पसदनका लुकिस महर्जनले १७, सिद्धार्थ बनस्थलीका साइरस राणाले ७, रेडियन्टका सुशान्त न्यौपानेले ११, एनआईसीका युसन थापा मगरले १७ र नेपालयका विजेन थापा मगरले १० स्कोर गरे ।
सिनियर गर्ल्समा साइ निलायमले महामञ्जुश्रीलाई १७-१४ ले पराजित गर्यो । विजयी टिमका लागि दिपिशा थापाले ९ स्कोर गरिन् ।

जुनियर ब्वाइजमा सेबले ओरेकललाई १६-९, ग्रिनफिल्ड ‘ए’ ले साइ निलायमलाई २८-१२ र महामञ्जुश्रीले रेडियन्ट पब्लिकलाई २४-९ ले स्तब्ध बनाए । सेबका विपन सुनारले ६, ग्रिनफिल्ड ‘ए’ का रिसन तामाङले ८ र महामञ्जुश्रीका अभिषेक पौडेलले ६ अंक जोडे ।