हाप्किडो

बागमती प्रदेश हाप्किडो संघको अध्यक्षमा गुरुङ

काठमाडौं । नेपाल हाप्किडो संघ, बागमती प्रदेशको अध्यक्षमा मनोज गुरुङ निर्वाचित भएका छन् । काठमाडौंमा बिहीबार भएको बागमती प्रदेश स्तरीय भेलाबाट गुरुङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

संघको उपाध्यक्षमा मन्दिरा शाक्य र दावा दोर्जे योन्जन, सचिवमा सुदिप तमाङ, कोषाध्यक्षमा रेलिमाई गुरुङ तथा सदस्यमा मिङमार नोर्वु तमाङ र अरुण खत्री केसी छन् ।

नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्ती मगरको अध्यक्षता तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका बोर्ड सदस्य हिक्मत थपलियाको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो । बिभिन्न जिल्लाका प्रतिनिधी, प्रशिक्षक र खेलाडीको उपस्थिती थियो ।