उसु

अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताः शिअ टिम च्याम्पियन

काठमाडौं । शिअ उसु क्वान तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण र ७ रजतका साथ शिअ समग्रमा टिम च्याम्पियन बनेको हो ।

दोश्रो भएको काठमाडौं उसु क्वानले ४ स्वर्ण र ३ रजत जित्यो । तेश्रो स्थानको निन्जा उसु क्वानले समान ३ स्वर्ण/ रजत हात पार्यो । 

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल उसु महासंघद्धारा आयोजित प्रतियोगिताको थाउलोतर्फ पुरुषमा पशुपति उसु क्वानका सागर खड्का तथा महिलामा कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

सान्सौंको पुरुषमा काठमाडौंका निश्चल तामाङ तथा महिलामा शिअकी अस्मिता गाहा मगर उत्कृष्ट खेलाडी चुनिए । थालोमा शिअका ओमप्रकाश ओली तथा सान्सौंमा काठमाडौंका मिलन राई उदीयमान खेलाडी घोषित भए  ।