म्यानचेस्टर युनाइटेड

मार्टिनेज र भरानेको साझेदारीमा विश्वस्त छु: टेन हाग

लन्डन । म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले यो सिजन अनुबन्ध भएका लिसान्ड्रो मार्टिनेजको प्रदर्शनको प्रशंसा गर्दै राफेल भरानेको प्रभावशाली साझेदारी हुनेमा विश्वस्त रहेको बताएका छन् ।

ओल्ड ट्राफोर्डमा भएको प्रि–सिजन खेलअन्तर्गत रायो भालकानोसँग १–१ को बराबरी नतिजा निकाल्दा अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजले डेब्यु गरेका थिए ।

मार्टिनेजले आयाक्समा टेन हागको नेतृत्वमा खेलिसकेका छन् । यो सिजन भरानेसँगको साझेदारीमा उनले आफूलाई उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्ने बताए ।

‘भरानेसँग उनको राम्रो संयोजन थियो । उनीहरुले खेल हेर्न राम्रो थियो । मार्टिनेज टिममा एकीकृत भएका छन्,’ खेलपछि टेन हागले भने ।

यसैगरी युनाइटेडका गोलकिपर टोम हेटनले यो साताभरी मार्टिनेजको साथमा खेल्न रमाइलो भएको बताउँदै उनी क्लबको शीर्ष खेलाडी हुनेमा कुनै आशंका नरहेको प्रतिक्रिया दिए ।