इङ्लिस प्रिमियर लिग

रोनाल्डो बिनाको युनाइटेड बलियो छैन: फर्डिनान्ड

लन्डन । इङ्ल्यान्डका पूर्व राष्ट्रिय खेलाडी रियो फर्डिनान्डले क्रिस्टियानो रोनाल्डो बिना म्यानचेस्टर युनाइटेड बलियो नभएको बताएका छन् । साथै क्लबले रोनाल्डोलाई निकाल्ने बारेमा सोच्न पनि नसक्ने उनले बताए ।

शनिबार राति इङ्लिस प्रिमियर लिगमा रोनाल्डोको ह्याट्रिकप्रेरित युनाइटेडले टोटेनहममाथि ३–२ को जित निकालेको थियो । पाँच पटक बालेन डी’ अर विजेता रोनाल्डोले यसअघि युनाइटेडका लागि अघिल्ला १० खेलमा एक गोल र एक असिस्ट मात्रै गरेका थिए । जसले गर्दा रोनाल्डो बिना नै युनाइटेड राम्रो हुन्छ कि भन्ने प्रश्नहरु उठेका थिए ।

क्लबस्तरमा आफ्नो ४९औं ह्याट्रिक पूरा गरेका रोनाल्डो क्लबको कमजोरी नभएको युनाइटेडका पूर्व खेलाडी फर्डिनान्डको तर्क छ । ‘रोनाल्डो बिना म्यानचेस्टर युनाइटेड अझै पनि च्याम्पियन्स लिगमा रहन सक्दैन,’ फर्डिनान्डले भने, ‘के युनाइटेड रोनाल्डो बिना राम्रो टिम छ त ? म यसमा सहमत छैन ।’