सहिद स्मारक ए डिभिजन लिग

बिबिसी र च्यासलबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार बिग्रेड ब्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी ११औं चरणको खेलमा च्यासलका राजिव लोप्चन र विकास मेराग्लिया तथा बिबिसीका भुवन बस्नेत गोल गर्नबाट चुकेका थिए ।

बिबिसीका शिशिर लेखीको फ्रिकिकमा १०औं मिनेटमा भुवनले गरेको हेडिङ दोस्रो बारबाट बाहिरिएको थियो । यस्तै विदेशी खेलाडी रुडी जोनाथानको पासमा बक्सभित्र बल नियन्त्रण गर्न नसक्दा बिबिसीले अग्रता लिने मौका गुमायो ।

च्यासलका कमल श्रेष्ठले २०औं मिनेटमा प्रहार गरेको कर्नरमा बक्स भित्रबाट राजिव हेड गर्नबाट चुकेका थिए ।  राजिवको पासमा विकास ३२औं मिनेटमा बक्स भित्र चिप्लिदा गोल गर्न असफल भए ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल पाँच अंकका साथ तालिकाको पुछारमा छ । बिबिसी भने ६ अंकसहित १३औं स्थानमा छ ।

यस्तै मंगलबारै सातदोबाटोस्थित एन्फा मुख्यालयमा भइरहेको खेलमा जावलाखेल युथ क्लबले र फ्रेन्ड्स क्लबविरुद्ध पहिलो हाफमा ३–१ गोलको अग्रता लिएको छ ।