काेपा डेल रे

रियालको यात्रा क्वार्टरफाइनलमा सीमित

मड्रिड । एथ्लेटिक बिल्बाओसँग १-० ले पराजित भएपछि रियाल मड्रिडको कोपा डेल रेको यात्रा क्वार्टरफाइनलमा सीमित भएको छ । 

यस जितपछि एथ्लेटिकले स्पेनिस सुपरकोपाको फाइनलमा रियालसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

खेल सकिन एक मिनेट बाँकी रहँदा एलेक्स बेरेन्ग्वेरले गरेको गोलमा एथ्लेटिकले सेमिफाइनको यात्रा तय गरेको हो । भ्यालेन्सिया, रियाल बेटिस र रायो भालेकानो पनि सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

गत महिना सम्पन्न स्पेनिस सुपरकोपाको फाइनलमा रियालले एथ्लेटिकलाई २-० ले पराजित गरेको थियो ।

एथ्लेटिकले अन्तिम १६ मा बार्सिलोनालाई पराजित गरेको थियो । एथ्लेटिक यसअघिका दुई संस्करणमा लगातार फाइनलमा प्रवेश गरे पनि बार्सिलोना र रियाल सोसिडाडसँग पराजित भएपछि दुवै संस्करणमा उपविजेतामा सीमित बनेको थियो ।

त्यस्तै रियाल बेटिसले रियाल सोसिडाडलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।