ओसन कप यु-१३ राष्ट्रिय फुटबल

ओसन कपः क्यासीको लगातार तेस्रो जित

गोर्खा । द ओसन क्लबको आयोजनामा जारी ओसन कप यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिताको नवौं संस्करणमा क्यासी स्पोर्टस एकेडेमीले लगातार तेस्रो जित निकालेको छ ।

गोर्खा नगरपालिका ९ स्थित आयोजकको घाँसे मैदानमा बिहीबार सम्पन्न खेलमा क्यासीले विराटनगर सिटी फुटबल क्लबलाई ६-१ ले पराजित गर्यो ।

बुधबारका दुई खेलमा क्यासीले थ्री स्टारलाई ३-१ तथा साविक विजेता नव जन जागृति युवा क्लबलाई ५-३ ले हराएको थियो ।

बिहीबार नै सम्पन्न अन्य खेलमा जन जागृतिले हाइली फिल्डर्स गोर्खा एफसीलाई ४०, लक्ष्मी सामुदायी शिक्षा सदनले समाज कल्याण खेलकुद केन्द्र तथा काँकरभित्ता फुटबल ट्रेनिङ सेन्टरले घोढाघोढी फुटबल एकेडेमीलाई समान २-१ ले पराजित गरे ।

समाज कल्याणले घोढाघोढीमाथि ४ ३ को रोमाञ्चक जित निकाल्दा वाल्मिकी शिक्षा सदान र काँकरभित्ता २-२ को बराबरीमा रोकिए ।

बिहीबारकै लागि तय भएको क्यासी र हाइली फिल्डर्स  तथा थ्री स्टार र विराटनगर सिटीबीचको खेल भने खराब मौसमका कारण हुन सकेन ।