जोय किन्नेयर

नेपालका पूर्व प्रशिक्षक किनरको निधन

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व प्रशिक्षक जोय किनरको ७७ वर्षको उमेमा निधन भएको छ ।

इङ्लिस क्लब टोटनहमका पूर्व रक्षक किनरले सन् १९८७ मा एक वर्ष नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । खेलाडीका रूपमा किनरले सन् १९६५ देखि १९७५ सम्म टोटनहममा बिताए ।

टोटनहमका लागि किनरले १९६ प्रिमियर लिग खेलमा तीन गोल गरेका थिए । त्यसपछि उनले एक वर्ष ब्राइटनका लागि खेले । अयारल्यान्डका लागि किनरले २६ खेल खेलका थिए ।

 किनर लामो सयमदेखि डिमेन्सियाबाट ग्रसित थिए । किनरले भातरको राष्ट्रिय टोलीका साथै नोटिङघम फरेस्ट, न्युक्यासल युनाइटेड जस्ता क्लबको पनि प्रशिक्षण सम्हाले ।