सहिद स्मारक ‘सी’ डिभिजन लिग

गोलबजार र स्वयम्भु तथा झम्सिखेल र साँगा भिड्दै

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल  मा आज (सोमबार) दुई खेल आयोजना हुँदैछ ।

 दुवै खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुँदैछन् । चारै टोली विजयी सुरुआत गर्ने लक्ष्यमा छन् । दिउँसाे १ बजे हुने पहिलो खेलमा गोलबजार स्पोर्टस क्लब र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अपराह्न ४ः१४ बजे आयोजना हुने खेलमा झम्सिखेल युथ क्लब र स्पोर्ट्स एकेडेमी साँगा आमुनेसामुने हुनेछन् ।

आइतबार भएको खेलमा समाज कल्याण केन्द्रले मनोहरा युनाइटेडलाई ५–० र पुल्चोक स्पोर्टसले सामाजीक युथ क्लबलाई ३–० ले हराएका थिए ।

राउन्ड रोबिन आधारमा आयोजना हुने लिगमा १४ क्लबले ९१ खेल खेल्नेछन् । एन्फाले प्रतियोगिताको विजेताले दश लाख पाउने घोषणा गरेको छ ।