जर्मन बुन्डेसलिगा

बायर्नको सानदार पुनरागमन जित

काठमाडौं । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार घरेलु टोली एसभी ड्राम्सटाडमाथि ५-२ को सानदार पूनरागमन जित निकालेको छ ।

मर्क बोलेनफल्टर रंगशालामा एक गोलले पछि परेको अबस्थाबाट बायर्नलाई जित दिलाउन जमल मुसियालाले दुई तथा ह्यारी केन, सर्ज गिनाब्री र म्याथिज टेलले समान एक गोल गरे । ड्राम्सटाडका टिम स्कार्क र ओस्कार भिल हेल्मसनले गोल गरे ।

जितसँगै २६ खेलबाट ६० अंक जोडेको बायर्नले शीर्ष स्थानको बायर लिभरकुसनसँग अंक दुरी घटाएर सातमा पुर्याएको छ ।एक खेल कम खेलेको लिभरकुसनको ६७ अंक छ । पराजित एसभी ड्राम्सटाड समान खेलबाट १३ अंकका साथ पुछारमा छ ।

खेलको २८औं मिनेटमा टिम स्कार्कको गोलमार्फत ड्राम्सटाडले अग्रता लिएको थियो । ३६औं मिनेटमा मुसियाललले बायर्नलाई बारबरीमा ल्याए । 

पहिलो हाफको इन्ज्युरी समयमा  केनले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए । ६४औं मिनेटमा मुसियालाले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

गिनाब्रीले ७४औं मिनेटमा बायर्नलाई ४-१ ले अघि बढाए । इन्जुरी समयमा टेलले गोल गर्दा बायर्नले ५-१ को अग्रता लियो ।

इन्जुरी समयमै भिलहेल्मसनले गोल गर्दा खेललाई ५-२ को स्थितिमा सकियो ।