इङ्लिस प्रिमियर लिग

फुलहमले टोटनहमलाई हरायो

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु टोली फुलहमले टोटनहमविरुद्ध ३-० को सहज जित निकालेको छ । क्राभेन कटेजमा फुलहमलाई जित दिलाउन रोड्रिगो मुनिजले दुई तथा सासा लुकिकले एक गोल गरे ।

जितसँगै २९ खेलमा ३८ अंक जोडेको फुलहम १२औं स्थानमा यथावत छ । पराजित टोटेनहम २८ खेलबाट ५३ अंकका साथ पाँचौं स्थानमा छ ।

खेलको ४२औं मिनेटमा मुनिजको गोलमार्फत फुलहमले अग्रता लियो । उनले एन्टोनी रोविन्सनको पासलाई पोस्टको दिशा दिए ।

४९औं मिनेटमा सासाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । उनले टिमोथी कास्टाग्नेको पासलाई सदुपयोग गरे ।

मुनिजले ६१औं मिनेटमा दोस्रो गोल गर्दै  फुलहमलाई ३-० को सहज जित दिलाए ।