युरोपियन च्याम्पियन्स लिग

इन्टरलाई हराउँदै एट्लेटिको क्वार्टरफाइनलमा

काठमाडौं । गोलकिपर जान ओब्लाकले दुई पेनाल्टी रोकेपछि इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै एट्लेटिको मड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति ओब्लाक नायक बनेपछि एट्लेटिकोले जित निकालेको हो । घरेलु मैदानमा एट्लेटिको खेल २–१ ले जितेको थियो । तर, पहिलो लेगका नतिजापछि खेल २–२ मा पुग्यो । ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।

पेनाल्टीमा ओब्लाकले एलेक्सिस सान्चेज र डाभी क्लासेनको प्रहार बचाएका थिए । एट्लेटिकोका साउल नाइगुइजको प्रहार पनि रोकिएको थियो । तर, मेम्पिस डिपाए, रोड्रिगो रिक्वेल्मी र एन्जल कोरियाले गोल गर्दै जित दिलाएका हुन् ।

यसअघि खेलमा अग्रता इन्टरले नै बनायो । फेडेरिको डिमाक्रोले ३३औं मिनेटमा गोल गरे । दुई मिनेटपछि नै एन्टोनी ग्रिजम्यनले गोल गर्दै बराबरी गरे । खेल सकिन तीन मिनेटअघि डिपाएले गोल गर्दै समग्रमा खेल बराबरी गरेका हुन् ।