कतार विश्वकप २०२२

इटालीलाई अन्तिम खेलको भर

लन्डन । जर्जिन्होले अन्तिम समयमा पेनाल्टीको अवसर गुमाएपछि इटाली विश्वकप छनोटमा शुक्रबार स्विट्जरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ । 

समूह ‘सी’ मा समान सात खेलमा समान १५ अंक जोडेका इटाली र स्विट्जरल्यान्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छ । समूहको अन्तिम खेलले मात्र विश्वकपको टिकट काट्ने टोलीको टुङ्गो लगाउने छ । 

११औं मिनेटमा सिलभन विडमरले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा जियोभानी डी लोरेन्जोले इटालीलाई खेलमा फर्काएका थिए ।

खेलको अन्तिम मिनेटमा पेनाल्टी गोलमा इटालीले विश्वकपको टिकट काट्ने अवसर पाएपनि जर्जिन्होले त्यसको सदुपयोग गर्न सकेनन् ।

समूह ‘सी' को अर्को खेलमा नर्दन आयरल्यान्डले लुथेनियालाई १-० ले हरायो ।