इङ्लिस प्रिमियर लिग

म्यानचेस्टर युनाइटेडले एभर्टनलाई हरायो

काठमाडौं । दुई पेनाल्टीको सहयोगमा घरेलु टोली म्यानचेस्टर युनाइटेले इङ्लिस प्रिमियर लिगमा शनिबार एभर्टमाथि २-० को जित निकालेको छ ।

ओल्ड ट्राफोडमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डिस र मार्कस रासफोर्डले गोल गरे।

जितसँगै युनाइटेड २८ खेलबाट ४७ आंक जोडेर छैटौं स्थानमा छ । पराजित एभटर्नको भने समान खेलबाट २५ अंकका साथ १६औँ स्थानमा छ।

खेलको १२औँ मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ३६औँ मिनेटमा रासफोर्डले पेनाल्टीमै गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि कुनै गोल नहँदा युनाइटेडले सहज जित निकाल्यो ।