अन्जन विष्ट

अन्जनले बंगलादेशको शीर्ष डिभिजन लिग खेल्ने

फाइल तस्विर

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले बंगलादेको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन् ।

अन्जन बंगलादेश प्रिमियर लिग क्लब फोर्टिस एफसीमा अनुबन्ध भएका हुन् । अन्जनलाई फोर्टिसले अनुबन्ध गरेको त्यहाँको अलनइन दी डेली स्टारले जनाएको छ ।

क्लबका व्यवस्थापक रसिदुल इस्लामले अन्जनलाई अनुबन्ध गरेको पुष्टि गर्दै उनको आगमनले क्लबको लागि फाइदा पुग्ने समेत बताएका छन् ।

‘अन्जन नेपालका अनुभवी खेलाडी हुन् । हामीलाई विश्वास छ उसले क्लबलाई अगाडि बढाउन सक्छन् ’, सिदुलले भने, ‘हाम्रा चारै विदेशी खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् तर कहिलेकाही निलम्बन र चोटजस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ, त्यसैले अग्रपंतिमा गहिराइ र पर्याप्त विकल्पका लागि अन्जनलाई अनुबन्ध गरेका हौं ।’

फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोट अन्तर्गत बहराइ विरुद्धको खेलपछि अन्जन फोर्टिस क्लबमा सामेल हुने बंगलादेशी सञ्चार माध्यमले जनाएका छन् ।

फोर्टिस एफसी ९ खेलबाट १२ अंकसहित १० टोली सम्मिलित लिगकोपाँचौं स्थानमा छ ।

२५ वर्षीय फरवार्ड अन्जनले नेपालका लागि हरि खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गरेका छन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै नेपालका लागि डेब्यु गरेका उनले नेपालका लागि ६१ खेल खेलेका छन् ।

अन्जनले यसअघि गत सिजन मुम्बई केन्क्रेबाट भारतीय आई पनि खेलेका थिए ।  घरेलु फुटबलमा एपिएफ मनाङ मर्स्याङ्दी र चर्च ब्वाइज युनाइटेडबाट ‘ए’ डिभिजन लिग खेलिसकेका छन् ।

पछिल्लो पटक अन्जनले चर्च ब्वाइजबाट खेल्दै ‘ए’डिभिजन लिग जितेका थिए ।