अर्किड कप

माउन्ट सेबलाई अर्किड कपको उपाधि

काडमाडौं । माउन्ट सेबले आठौं अर्किड कप अन्तर विद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड स्कुलमा भएको फाइनलमा माउन्ट सेबले गेटवे एकेडेमीलाई १-० ले पराजित गर्यो । माउन्ट सेबका लागि रिजन शाहीले निर्णायक गोल गरे ।

गोल्डेन बड तेश्रो तथा ब्रम्हकुञ्ज चौथो भए । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे । 

माउन्ट सेबका आशिष गौतम सर्वोत्कृष्ट खेलाडी घोषित भए । गेटवेका कृजल श्रेष्ठ उदीयमान खेलाडी  चुनिँदा श्री सञ्जय साइका प्रिन्स दुधराज सर्वाधिक गोलकर्ता बने । प्रतियोगिता अवधिभर उनले ६ गोल गरे ।

यसैगरी गेटवेका रजत बस्नेत उत्कृष्ट रक्षक तथा माउन्ट सेबका जगदाशी खड्का उत्कृष्ट गोलकिपर घोषित भए । त्रिज्योतिले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई सांसद रामहरि खतिवडा, एनप्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष अमृत खड्का, अर्किडका संस्थापक अध्यक्ष प्रेमकुमार भुजेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फागुन ४ गतेदेखि सुरु प्रतियोगितामा ३८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।