बागमती गोल्डकप

सहज जित निकाल्दै मछिन्द्र फाइनलमा

फाइल तस्विर

मकवानपुर । न्युरोड टिम (एनआरटी)लाई ५-१ ले हराउँदै मच्छिन्द्र फुटबल क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

जनता माविको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनमा मच्छिन्द्रलाई जित दिलाउन हिसुब थपलिया र स्टेफन बिनोङले समान दुई तथ विमल घर्तीमगर एक गरे । एनआरटीका लागि सेवेले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा हिसुबले  मछिन्द्रलाई अग्रता दिलाएका थिए। चार मिनेटपछि नै स्टेफनले टोलीको अग्रता दोब्बर बनाए ।

४६औँ  मिनेटमा स्टेफेनले ब्यक्गित दोस्रो गोल गर्दा मछिन्द्र ३-० ले अगाडि बढ्यो । ५९औं मिनेटमा हिसुबले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।  

६०औं मिनेटमा सेवेले गोल एनआरटीका लागि एक गोल फर्काए । इन्जुरी समयमा विमलले गोल गर्दा मछिन्द्र ५-१ ले विजयी भयो ।

मछिन्द्रले अब उपाधिका लागि बिहीबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्बल र नेपाल एपिएफ फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।