माघ १९, २०८२ सोमबार | ०२:१०:४८
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

एरिकालाई मनास्लु कलेजको सम्मान

काठमाडौं । चाबहिल, चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले १९औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ ।

मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बिदाइ गर्न आयोजित कार्यक्रममा एरिकालाई सम्मान गरेको हो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा समाजमा महत्वपूर्ण योगदान गर्ने एरिकासहित विभिन्न क्षेत्रका पाँच जनालाई पनि सम्मान गरिएको थियो ।

एरिकाले गत असोजमा चीनको हाङझावमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । एरिकाले जितेको रजत एसियाली खेलकुदको करातेमा कुनैपनि नेपाली खेलाडी जितेको पहिलो र एक मात्र रजत हो ।

एरिकाअघि तेक्वान्दोकी सविता राजभण्डारीले १९९८ को बैंकक एसियाली खेलकुद तथा पाराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा विमल गुरुङ, विजय गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापाले २०१८ को इन्डोनेसियामा भएको एसियाली खेलकुदमा रजत जितेका थिए ।

हाङझाव एसियाली खेलकुदअघि एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

 सोही अवसरमा गायिका कुन्ती मोक्तान, सञ्चारकर्मी जगदीश खरेल, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारी र समाजसेवी बालकृष्ण बुर्लाकोटीपनि सम्मानित भए ।

उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँती, मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा, प्रधानाध्यापक राजन श्रेष्ठलगायतले दोसल्लासहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।