इङ्लिस प्रिमियर लिग

कामारा पूरा सिजन मैदानबाहिर हुने

काठमाडौं । म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा आइतबार राति घुँडामा गम्भीर चोट लागेपछि एस्टन भिल्लाका मिडफिल्डर बौबाकर कामाराले इङ्लिस प्रिमियर लिगको बाँकी सिजन गुमाउने भएका छन् ।

भिल्ला पार्कमा २-१ को हार भोगेको खेलको ६५औं मिनेटमा २४ वर्षे प्रभावशाली मिडफिल्डर कामारा घाइते भएका थिए । उनलाई एसिएलको चोट भएको बताइएको छ । जसका कारण उनी यो सिजन त मैदान फर्किने सम्भावना छैन । तर उपचारको क्रममा थप समय पनि आराममा बस्नु पर्न सक्ने खतरा रहेको क्लब स्रोतलाई उद्यृत गर्दै बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

जारी सिजनमा सबैखाले प्रतियोगितामा गरी ३० खेलमा प्रभावशाली उपस्थिती जनाएका कामाराको चोट युनाई इमरेको टोलीका लागि निक्कै पीडादायी बनेको छ । भिल्लाले सिजनको सुरुआतमै टाइरोने मिङग्स र इमिलियानो बुन्डियालाई घुँडाको गम्भीर चोटका कारण गुमाइसकेको छ । रक्षक इज्री कोन्साले पनि यस्तै दूर्भाग्य सामना गर्नुपर्ने भय बाँकी नै छ ।