मकवानपुर गोल्डकप

एपिएफ मकवानपुर गोल्डकपको सेमिफाइनलमा

फाइल तस्बिर

हेटौंडा ।  थ्री स्टार क्लबमाथि ४-० को सहज जित निकाल्दै एपिएफ फुटबल क्लब हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गौरीटार रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा एपिएफलाई जित दिलाउन एनिसेन्ट, अनिश महर्जन, प्रदीप लामा र सर्ज संगले गोल गरे ।

एपिएफले ४५ औं मिनेटमा एनिसेटको गोलमार्फत अग्रता लिएको थियो । ४९औं मिनेटमा अनिशले टोलीको अग्रता दोब्बर बनाए ।

प्रदीपले ५८ औं मिनेटमा गोल गरेपछि एपिएफ ३-० ले अगाडि बढ्यो । ७७औं मिनेटमा संगले गोल गर्दै एपिएफलाई ४-० को सहज जित दिलाए ।