इटालियन सिरी ‘ए’

रोसी रोमाको नयाँ प्रशिक्षमा नियुक्त

काठमाडौं । इटालियन क्लब एएस रोमाले आफ्ना पुर्व खेलाडी डानिएल डी रोसीलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ ।

मंगलबार प्रशिक्षक जोसे मौररिन्होलाई बर्खास्त गरेको रोमाले रोसीलाई यस सिजनको अन्त्यसम्मका लागि प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

 सन् २००१ देखि २०१९ सम्म रोमामा बिताएका रोसीले कुल ६ सय १६ खेलमा ६३ गोल गरेका । 

रोमा हाल इटालियन सिरी ‘ए’ मा नवौं स्थानमा छ । रोमाले अब अर्को खेल आगामी शनिबार भिरोनासँग खेल्ने छ ।

 

यसअघि रोसीले तेस्रो डिभिजन इटालियन सिरी ‘सी’ क्लब स्पाल एफसीको प्रशिक्षण सम्हालेका थिए ।