न्युक्यासल युनाइटेड

फिलिप्स अनुबन्धको दौडबाट बाहिरियो न्युक्यासल

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेड मिडफिल्डर केल्भिन फिलिप्स अनुबन्धको दौडबाट बाहिरिएको छ ।

न्युक्यासलले जनवरी ट्रान्सफर विन्डोमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीबाट फिलिप्स भित्र्याउन चाहेको थियो। तर, सिटीले लोन शुल्कको माग गरेपछि न्युक्यासल पछि हटेको बताइएको छ ।

सन् २०२२ मा इङ्लिस क्लब लिड्स युनाइटेडबाट सिटी भित्रिएका थिए । फिलिप्सले सिटीका लागि मात्र १६ प्रिमियर लिग खेलमा अवसर पाएका छन्।

न्युक्यासल बाहिरिए पनि क्रिस्टल प्यालेस, युभेन्ट्स, एभर्टन र वेस्टहम भने फिलिप्स अनुबन्ध गर्ने दौडमा छन् ।