एएफसी एसियन कप

एएफसी एसियन कपमा हजार गोलको कोसेढुंगा पूरा

काठमाडौं । कतारमा जारी एएफसी एसियन कपमा एक हजार गोल पूरा भएको छ । खलिफा अन्तर्राष्ट्रिय मैदानमा आइतबार राति हङकङका फिलिप चानले आफ्नो नाममा एक हजार गोलको कीर्तिमान लेखाएका छन् ।

चानले ४९औं मिनेटमा गोल गरेपछि हङकङले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको खेल १–१ को स्थितिमा पुगेको थियो । जुन गोलले एएफसी कपमा एक हजार गोलको कोशेढुंगा पार गरेको छ । खेल युएईले ३–१ ले जित्यो ।

चान एसिया कपको ६७ वर्षको यात्रामा हजार गोल गर्ने खेलाडी बनेका छन् । सन् १९५६ सेप्टेम्बर १ मा यु चि यिनले पहिलो गोल गरेका थिए । १२औं मिनेटमा चिले गोल गर्दा ३० हजार समर्थकको मैदानमा उपस्थित थिए ।

एसिया कपको एक सय गोल दक्षिण कोरियाका लिजेन्ड लि हाइ टाइकको नाममा छ । उनले कम्बोडियाविरुद्ध ५९औं मिनेटमा गरेका थिए ।

एसिया कपको पाँच सय गोल चीनका अट्याकिङ मिडफिल्डर क्वि होङ ड्वेको नाममा छ । उनले सन् २००० को सेमिफाइनलमा जापानविरुद्ध गोल गरेका हुन् ।