इङ्लिस प्रिमियर लिग

लिभरपुल र आर्सनलको बराबरी

काठमाडौं । एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले इङ्लिस प्रिमियर लिगमा शनिबार राति लिभरपुलसँग अंक बाढेको छ ।

लिभरपुल घरेलु मैदान एनफिल्डमा खेलको चौथो मिनेटमै आर्सनलले अग्रता बनाएको थियो । मार्टिन ओडिगार्डको पासमा गाब्रियलले सानदार हेडर गरेका थिए ।

२९औं मिनेटमा एलेक्जानडर अर्नाेल्डको पासमा मोहम्मद सलाहले बराबरी गोल फर्काएका हुन् ।

राति नै भएको अन्य खेलमा म्यानचेष्टर युनाइटेड वेष्ट हमसँग २–० ले पराजित भयो । टोटनहमले एभर्टनलाई २–१, लुटन टावनसँग न्युक्यासल १–० ले पराजित भएका छन् ।

१८ खेलपछि आर्सनल ४० अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ३९ अंकका लिभरपुल तेस्रो र एष्टन भिल्ला तेस्रो स्थानमा छ । ३६ अंकको टोटनहम शीर्ष चारमा उक्लिएको  छ । एक खेल कम खेलेको साविक विजेता म्यानचेष्टर सिटी ३४ अंकसहित पाँचौं स्थानमा छ ।