माघ १८, २०८२ आइतबार | १०:४६:४६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

तीन नेपाली बने इ-स्पोर्टसका रेफ्री

सांकेतिक तस्बिर

काठमाडौं । इन्टरनेसनल इ-स्पोर्टस फेडेरेसन (आइइएसएफ) ले वर्ल्ड इ-स्पोर्टस समिटको अवसरमा दक्षिण कोरियाको बुसानमा हालै  आयोजना गरेको वर्ल्ड इ-स्पोर्टस रेफ्री एकेडेमी २०२३ मा नेपालका तीन प्रतिनिधिले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका छन् ।

आइइएसएफले भौतिक उपस्थितिमा पहिलोपल्ट आयोजित कार्यक्रममार्फत रेफ्री लाइसेन्समा दुई दिने कक्षापछि भएको परीक्षा उत्रिर्ण गर्दै नुवाकोटका क्षितिज श्रेष्ठ, अरुण मिश्र र सौजन्य श्रेष्ठले रेफ्री लाइसेन्स हात पारेका हुन् ।  

नेपालीले पहिलोपटक आइइएसएफको रेफ्री कोर्स उत्तीर्ण गरेका हुन् । अब उनीहरूले आइइएसएफ रेफ्री टायर-२ को हैसियतमा इ-स्पोर्टसका प्रतियोगिता सञ्चालन गर्न पाउने छन् ।

उनीहरू नेपाल इ-स्पोर्टस एसोसिएसन (नेसा) को सिफारिसमा वर्ल्ड  इ-स्पोर्टस रेफ्री एकेडेमीमा सहभागी भएका थिए ।

अमेरिकाका जेम्स उड र पिटर स्टेन्सनी, कोरियाका ली सुङ वन तथा अर्जेन्टिनाका निकोलस क्रेस्पोले प्रशिक्षण दिएको वर्ल्ड इ-स्पोर्टस रेफ्री एकेडेमीमा सात देशका २४ जना सहभागी भएका थिए ।

मोटर स्पोर्टसका मार्सलसमेत रहेका क्षितिज बुद्धिचाल (चेस) का आर्बिटर (निर्णायक) पनि हुन् । अरुण र सौजन्यले १९ औं एसियाली खेलकुद२०२३ मा ड्रिम थ्री किङडम-२ बाट नेपालको प्रतिनिधित्व गरेका थिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।