चैत्र १२, २०८२ बिहीबार | २३:०१:५१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

तीन नेपाली बने इ-स्पोर्टसका रेफ्री

सांकेतिक तस्बिर

काठमाडौं । इन्टरनेसनल इ-स्पोर्टस फेडेरेसन (आइइएसएफ) ले वर्ल्ड इ-स्पोर्टस समिटको अवसरमा दक्षिण कोरियाको बुसानमा हालै  आयोजना गरेको वर्ल्ड इ-स्पोर्टस रेफ्री एकेडेमी २०२३ मा नेपालका तीन प्रतिनिधिले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका छन् ।

आइइएसएफले भौतिक उपस्थितिमा पहिलोपल्ट आयोजित कार्यक्रममार्फत रेफ्री लाइसेन्समा दुई दिने कक्षापछि भएको परीक्षा उत्रिर्ण गर्दै नुवाकोटका क्षितिज श्रेष्ठ, अरुण मिश्र र सौजन्य श्रेष्ठले रेफ्री लाइसेन्स हात पारेका हुन् ।  

नेपालीले पहिलोपटक आइइएसएफको रेफ्री कोर्स उत्तीर्ण गरेका हुन् । अब उनीहरूले आइइएसएफ रेफ्री टायर-२ को हैसियतमा इ-स्पोर्टसका प्रतियोगिता सञ्चालन गर्न पाउने छन् ।

उनीहरू नेपाल इ-स्पोर्टस एसोसिएसन (नेसा) को सिफारिसमा वर्ल्ड  इ-स्पोर्टस रेफ्री एकेडेमीमा सहभागी भएका थिए ।

अमेरिकाका जेम्स उड र पिटर स्टेन्सनी, कोरियाका ली सुङ वन तथा अर्जेन्टिनाका निकोलस क्रेस्पोले प्रशिक्षण दिएको वर्ल्ड इ-स्पोर्टस रेफ्री एकेडेमीमा सात देशका २४ जना सहभागी भएका थिए ।

मोटर स्पोर्टसका मार्सलसमेत रहेका क्षितिज बुद्धिचाल (चेस) का आर्बिटर (निर्णायक) पनि हुन् । अरुण र सौजन्यले १९ औं एसियाली खेलकुद२०२३ मा ड्रिम थ्री किङडम-२ बाट नेपालको प्रतिनिधित्व गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो