श्रावण २४, २०८२ शनिबार | १७:१८:३५
सूर्य विराटनगरमा चितवन लागे अर्जुन हेमन्त सुदूरपश्चिममा दिलिप नाथ लुम्बिनीमा देव खनाल चितवन राइनोजमा उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट सूर्य विराटनगरमा चितवन लागे अर्जुन हेमन्त सुदूरपश्चिममा दिलिप नाथ लुम्बिनीमा देव खनाल चितवन राइनोजमा उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट
शनिबारको दिन

होर ई स्पोर्टसः सक्दैन नि फेरि

काठमाडौं । नेपाल तर्कहरूको देश हो । अनि इ-स्पोर्टस सही हो कि गलत हो भनेर यहाँ सदनदेखि सडकसम्म तर्क बहस चल्छ । जनदेखि जनप्रतिनिधिसम्मको तर्क सुन्न पाइन्छ । देशमा विद्यमान हजार नकारात्मक विषयहरू छन् । तर सकारात्मक पहिचान बनाउन सफल इ-स्पोर्टसलाई हेर्ने नजर अहिले पनि उस्तै छ । सकारात्मक छैन ।

यसपालि इ-स्पोर्टस विश्व मञ्चमा नेपालको उपस्थिति लोभलाग्दो रह्यो । इ-फुटबल च्याम्पियनसिपका रजत बुढाथोकी हुन वा पब्जी विश्वकपमा होर इ-स्पोर्टस, नेपालीपनको सान उँचो पार्न धेरै हदसम्म सफल रह्यो ।

केही वर्षअघि डिआरएस गेमिङ पिएमडब्लु आईमा सहभागी भयो । सिआर सेभेन होर लाइभ स्ट्रिमिङमा डिआरएस साङसँग बसेका थिए । त्यही बेला उनले ‘ग्लोबल स्टेजमा होर इ-स्पोर्टस बनाएर सहभागी हुनुपर्छ कि क्या हो फ्यान भोटिङले नि पपुलर टिमको रूपमा सहभागी भइन्छ’ भन्ने सोच कमेन्ट गरिरहेका आफ्ना भ्युअर्सहरूसँग साटे ।

लाइभ च्याटमा सक्रिय रहिरहेका सिआर सेभेनका बाल्यकालदेखिका साथी लिम्बे तम्सिइहाले, ‘साथी मैले सोचिसकेको छु । तँ नेपालको झण्डा बोकेर जान्छस् अनि पछि पछि अरू ।’

एउटा साथीले अर्कोलाई प्रेरित गर्नु, सहयोगका लागि तत्पर हुनु सुन्दै सामान्य लाग्ने कुरा थिए । हो, त्यतिबेला सिआर सेभेन र लिम्बेबीच पनि त्यस्तै स्वभाविक कुराकानी भएको थियो । तर अचानक सिआर सेभेनमा आएको सोच र लिम्बेले भरेको उर्जाबाट एउटा यस्तो सपनाको बिजारोपण भयो, जसले छोटै समयमा व्यक्तिगत वृत्तिविकासका साथै देशले नै गर्व गर्ने अवस्था वास्तविकतामा परिणत भयो ।

होर इ-स्पोर्टस पब्जी विश्वकपमा सहभागी बन्ने पहिलो नेपाली टोली बन्यो । स्थापनाको छोटो अवधिमा यो टिमले ठूलो फड्को मारेकाे छ । 

होर इ-स्पोर्टसको यात्रा त्यहीँबाट सुरु भएको थियो । उसो त यसअघि पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली झण्डा फहराउने सपनाको उडान पब्जी टोलीले सुरु गरिसकेको थियो । तर होरको स्थापना त्यतिका लागि मात्र थिएन । खासमा यो योजनाबद्ध तवरबाट सफल हुनका लागि बनाइएको रणनीतिमात्र पनि थिएन । यो त प्रविधिको उपहार प्रयोग गर्दै विश्वमा सनसनी मच्चाइरहेको इ–स्पोर्टसप्रतिको लगावका कारण रणनीतिक योजनाभन्दा पनि सपना र भावनाहरू जोडिएर बनेको टोली थियो । यही कारण त हो, अहिले पनि होरका फ्यानहरू आफूलाई होर फ्यान नभई होर परिवारको सदस्य अर्थात् होर फ्यान भन्न रुचाउँछन् ।

होर स्पोर्टसको टोली । 

साताअघि मात्र इ-स्पोर्टस विश्वकपअन्तर्गत पब्जी विश्वकप सम्पन्न भयो । जहाँ होर इ-स्पोर्टस नवौं स्थान हासिल गर्न सफल भयो ।  लिम्बेले देखेको त्यो विश्व मञ्चको सपना पूरा भयो । होर इ-स्पोर्टस पब्जी विश्वकपमा सहभागी बन्ने पहिलो नेपाली टोली बन्यो । स्थापनाको छोटो अवधिमा यो टिमले ठूलो फड्को मारेकाे छ । पब्जी पावर वरियतामा यो टोली अहिले ५२औं स्थानमा छ । तर होरको सफलतालाई त्यो वरीयतासँग जोडेर मापन गर्न खोजियो भने त्यो सही नहुन सक्छ । किनकि विश्वका ठूला र धनी मानिने इ-स्पोर्टस संस्था पनि समर्थकले होरप्रति देखाएको क्रेजसामु आफूलाई निम्छरो ठान्न थालिसकेका छन् ।

सन् २०२५ को जुन महिनामा काजकिस्तानको अल्माटीमा पिएमएसएल सिएसए पब्जी मोबाइल मध्य–दक्षिण एसिया स्प्रिङ स्प्लिट भएको थियो । त्यो प्रतियोगिताका उत्कृष्ट तीन टिम विश्वकपका लागि छानिने प्रावधान थियो । होर इ-स्पोर्टसले पनि प्रतियोगितामा सहभागिता जनाएको थियो । जहाँ टोली दुई दिनसम्म शीर्षस्थानमा रहनाका बावजुद पनि फाइनलमा चुक्यो । उपाधि जित्ने अभियानमा सफल भएन । तर शीर्ष तीनमा पर्न सफल भएकाले होर विश्वकपका लागि छनोट भयो । र, नवौं स्थान हासिल गर्दै पूरा देशको ध्यान तान्ने आधार तयार गर्न सफल भयो ।

यहाँसम्म आइपुग्दा होरको प्रदर्शन एकरुपको छैन । एउटा खेलमा सनसनीपूर्ण प्रदर्शनका साथ ठूलो स्कोर गर्ने टोली अर्को खेलमा निरीह देखिन्थ्यो । इन गेम लिडर जिगलले होर टिमलाई जोन सेन्टर ओरियन्टेड गेम खेलाए । जुन नेपाली टोलीले खेल्ने जोन एज ओरियन्टेड गेमभन्दा थोरै फरक थियो । तर यो रणनीति टिमलाई उपलब्धिमूलक साबित भयो । नो फियर स्काइ र स्लिपीले यो रणनीतिमा उत्कृष्ट खेले । र, पिएमएसएल सिएसएमा उपाधि जित्न नसक्नाको पीडामा मलम लगाउँदा विश्वकपमा नवौं स्थान हासिल गर्न टिम सफल भयो ।

इ-स्पोर्टसअन्तर्गत रहेको पब्जी विश्वकपको ढाँचाअनुसार समूह चरणमा २४ टिम थिए । सबै आठ समूहका शीर्ष टोली सोझै अन्तिम चरण प्रवेश गर्ने प्रावधान थियो । बाँकी १६ टिमले भने सर्भाइभल चरणअन्तर्गत प्रतिस्पर्धा गर्नुपर्थ्यो । सर्भाइभल चरणबाट शीर्ष आठ टोली फाइनलमा लायक हुन्थे ।

 नवौं स्थान पनि नेपाली इ-स्पोर्टसजगतलाई उत्प्रेरित गर्न पर्याप्त रह्यो । नवौं स्थानका साथ होरले १ लाख २७ हजार ५ सय अमेरिकी डलर पुरस्कार जित्यो । 

यो प्रावधानअनुसार समूह चरणमा होरको प्रदर्शन उत्साहजनक रहेन । ११औं स्थानमा सीमित भएको होरले सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नुपर्यो । जहाँ अविस्मरणीय प्रदर्शन गर्ने क्रममा टोली १०८ अंक स्कोर गर्दै पहिलो स्थानमा रहेर फाइनल पुग्यो । फाइनलमा स्लिपीले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा २४ एलिमिनेसन अंक उठाउन सफल भयो ।

होर इ-स्पोर्टसका लागि त्यहाँ अर्को एउटा रमाइलो प्रसङ्ग आइलाग्यो । त्यो के भने आफूलाई ‘समूह चरणको पुछारमा रहेर बाहिरिन्छ’ भन्दै खिल्ली उडाउने साबिक विजेता ब्राजिलियन टोली अल्फा सेभेनलाई होरले नै प्रतियोगिताबाट बहिर्गमनको बाटो देखायो ।

होरका लागि फाइनल चरणको दुई दिन औसत रह्यो । आशा गरिएका खेलाडी स्काइबाट अपेक्षित प्रदर्शन हुन सकेन । तर स्लिपी र नोफियरले थोरै थोरै अंक जोडेर भए पनि टालीको आशा जीवित राखिरहे ।

पब्जी विश्वकपको अंक तालिका । 

समग्रमा टोली शीर्ष आठमा पर्न सफल भएन । तथापि नवौं स्थान पनि नेपाली इ-स्पोर्टसजगतलाई उत्प्रेरित गर्न पर्याप्त रह्यो । नवौं स्थानका साथ होरले १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जित्यो । यो कुनै पनि विधाको खेलमा कुनै नेपाली टिमले जितेको सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।

होर इ–स्पोर्टस नवौं भएको पब्जी विश्वकपको उपाधि म्यानमारको याङवन ग्यालेक्टिकोजले जित्यो । जुन आफैंमा एउटा अप्रत्यासित नतिजा थियो । किनकि सर्भाइभल चरणबाट फाइनल पुग्न याङवनले ब्राजिली टोली इन्फ्लुयन्स रेजको भन्दा राम्रो स्कोर गर्न सक्नु पर्थ्यो । तर त्यहाँ टोली आफ्नो भन्दा पनि होरले निकालेको नतिजाका आधारमा फाइनल चरण पुग्न सफल भयो । होरले ब्राजिली टिमलाई इलिमिनेट गरेपछि एक अंकको झिनो अग्रताका साथ याङवनले फाइनल चरणको यात्रा गरेको थियो ।

प्रतिस्पर्धामा उत्रिनुअघि होरका गेम लिडर जिगलले भनेका थिए, ‘कि जितेर आउँछौं, नत्र भने सिकेर ।’

याङवनको उपाधि यात्रामा पनि होरको योगदान महत्त्वपूर्ण रह्यो । उपाधि जित्न याङवनले चिनियाँ टिमभन्दा माथि रहेर प्रतियोगिताको अन्त्य गर्नुपर्ने थियो । जहाँ होरले चिनियाँ टिमलाई इलिमिनेट गरिदियो । जसको फाइदा उठाउँदै याङवनले उपाधिमा कब्जा जमायो ।

होरकै यात्राको चर्चा गर्ने हो भने यो विश्वकप र छनोट यात्रामा त्यस्ता थुप्रै रोचक तथ्य भेटिन्छन् । प्रतिस्पर्धामा उत्रिनुअघि होर इका गेम लिडर जिगलले भनेका थिए, ‘कि जितेर आउँछौं, नत्र भने सिकेर ।’

जिगलले भनेजस्तो नतिजा आएन । न होरले उपाधि जितेर फर्कियो । न यो प्रतियोगिताबाट टिमको अस्तित्व सकियो नै । खासमा त यो प्रतियोगितामा उपाधि नजिते पनि होरले एउटा गजबको पहिचान हासिल गर्यो । ठूलो धनराशिको नगद पुरस्कार जित्यो । देशभित्र कहिल्यै नसोचेको वाहवाही प्राप्त गर्यो ।

पब्जी विश्वकपको अन्तिम नतिजा सार्वजनिक भएलगत्तै होरलाई बधाई दिनेको यस्तो होडबाजी चल्यो कि प्रधानमन्त्रीदेखि राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, खेलकुदका शासक अनि व्यावसायिक प्रतिष्ठान सबै होरलाई बधाई ज्ञापन गर्ने सामाजिक सञ्जालको लाइनमा ठेलमठेल गर्दै उभिए ।

हो, होरले उपाधि नजिते पनि धेरै कुरा जितेर आएको छ । विश्वभरका टिमहरूको बीचमा आफूलाई गर्वका साथ प्रस्तुत गरेर फर्किएको छ । इ-स्पोर्टसलाई निको नमान्ने समाजको दृष्टिकोण परिवर्तनमा दरिलो उपलब्धि हासिल गरेर आएको छ । नेपाली समाजमा इ-स्पोर्टसले भोगिरहेको स्वीकार्यताको चुनौतीमाथि जित हासिल गरेर आएको छ ।

च्याउझै उम्रिएका इ-स्पोर्टसका संस्थाहरूलाई बेग्लै नीति बनाएर एउटा ट्रयाकमा व्यावसायिक रूपमा हिँडाउनु बाँकी छ ।

यत्तिकैमा इ-स्पोर्टसका सबै चुनौतीलाई परास्त गरिसकेको भन्ने पक्कै पनि होइन । नेपाली इ-स्पोर्टसमा अझै ठूला चुनौतीका चाङ छन् । खेलाडीको सरुवा विन्डोदेखि आफ्नै लामो व्यावसायिक लिग स्थापना हुनै बाँकी छ । अरूले गरेका प्रतियोगिताले जेनतेन धानेको नेपाली इ-स्पोर्टसलाई हेर्ने व्यावसायिक प्रतिष्ठानको नजर पछिल्लो समय सकारात्मक बन्दै छ । तर यो पर्याप्त छैन । च्याउझै उम्रिएका इ-स्पोर्टसका संस्थाहरूलाई बेग्लै नीति बनाएर एउटा ट्रयाकमा व्यावसायिक रूपमा हिँडाउनु बाँकी छ । समग्रमा इ-स्पोर्टसमाथि नै प्रस्ट र दूरदृष्टिसहितको नीति अख्तियार गर्नु आवश्यक छ ।

यसो गर्न सकिएन भने ठूला अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्दा सरकार प्रमुखदेखि सामान्य जनतासम्मले दिएका शुभकामनाको कुनै अर्थ हुने छैन । यही उपलब्धि र अहिले प्राप्त बधाईको चाङमुनि खासमा इ-स्पोर्टस खेल चाहिँ थिचिएर निसास्सिन सक्छ ।