काठमाडौं । नेपालको होरा इस्पोर्टसले साउदी अरेबियामा सम्पन्न पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गरेको छ ।
फाइनल स्टेजमा होराले समग्रमा १८ खेलमा १०० अंक जोड्यो । फाइनल स्टेजमा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
यस जितसँगै होराले ग्रुप स्टेजको २७ हजार ५०० डलर, सर्भाइभल स्टेजको २५ हजार डलर, शो म्याचको १५ हजार डलर र फाइनलको नवौं स्थानको ६० हजार डलर गरी कूल १ लाख २७ हजार ५०० अमेरिकी डलर प्राप्त गरेको छ ।
गत शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजमा होरा १३औं स्थान हासिल गरेपछि होराले सीधै फाइनल राउन्ड खेल्न पाएको थिएन ।
लिग चरणमा शीर्ष ८ मा नपरेपछि होराले सर्भाइभल स्टेज जितेर फाइनल यात्रा तय गरेको थियो । सर्भाइभल स्टेजका शीर्ष आठ टोली टोली फाइनल स्टेजमा पुग्ने प्रावधान थियो ।
पब्जी मोबाइल विश्वकपको उपाधि भने म्यानमारको वाइजी इस्पोर्टस जित्यो ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
