इङ्लिस प्रिमियर लिग

म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित

काठमाडौं । काठमाडौं साबिक विजेता  म्यानचेस्टर सिटी  इङ्लिस प्रिमियर लिगमा बुधबार घरेलु टोली एस्टन भिल्लासँग पराजित भएको छ ।

घरेलु मैदान भिल्ला पार्क रंगशालामा  एस्टन भिल्लालाई जित दिलाउन लियोन बेलीले गोल गरे । उनले खेलको ७४ औं मिनेटमा युरी टेलिम्यान्सको पासलाई पोस्टको दिशा दिएका थिए ।

जितसँगै १५ खेलमा ३२ अंक जोडेको एस्टन भिल्ला तेस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको सिटी समान खेलबाट ३० अंकका साथ चौथो स्थानमा झरेको छ ।

यससँगै सिटी लगातार चार खेलमा जितविहिन बनेको छ । यसबीचमा सिटीले तीन बराबरी र एक हारको नतिजा निकालेको छ । सिटी लगातार चार खेलमा जितविहिन बनेको यो सन् २०१७ पछि पहिलोपटक हो ।

लिगअन्तर्गतकै अन्य खेलमा ब्राइटनले ब्रेन्टफोर्डलाई २-१ तथा बर्नमाउथले क्रिस्टल प्यालेसलाई  २-० ले पराजित गरे ।