बार्सिलोना

स्टेगनले एट्लेटिको मड्रिडविरुद्धको खेल पनि गुमाउने

काठमाडौं । बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले स्पेनिस ला लिगाअन्तर्गत एट्लेटिको मड्रिडविरुद्धको खेल पनि गुमाउने भएका छन् ।

बार्सिलोनाले आइतबार घरेलु मैदान क्याम्प नोउमा एट्लेटिकोको सामना गर्दैछ । स्टेगन कम्मरको समस्याबाट गुज्रिरहेका छन् । स्टेनगन नोभेम्बर १२ मा एलाभेससँग खेल्दा घाइते भएका थिए ।

त्यसयता बार्सिलोनाले ला लिगाअन्तर्गत रायो भायेकानो तथा युइएफए च्याम्पियन्स लिगअन्तर्गत एफसी पोर्टोविरुद्धको खेल गुमाएका थिए ।

बार्सिलोनाले आगामी हप्ता हुने जिरोनाविरुद्धको खेलमा स्टेगन उपलब्ध हुने आशा गरेको छ ।