स्पेनिस फुटबल

यामल स्पेनिस टोलीबाट बाहिर

काठमाडौं । चोटका कारण युवा फवार्ड लामाइन यामल युरोपियन च्याम्पियसिको छनोट खेल्ने स्पेनिस टोलीबाट बाहिरिएका छन् ।

स्पेनिस फुटबल संघले थाइमा लागेको चोटका करण यामलले स्कटल्यान्ड र नर्वेविरुद्धको खेल गुमाउने पुष्टि गरेको हो ।

स्पेनले अक्टोबर १३ मा स्कटल्यान्ड र १६ मा नर्वेको सामना गर्नेछ ।

गत सोमाबार स्पेनिस ला लिग अन्तर्गत ग्रानाडाविरुद्धको खेलमा यामल घाइते भएका थिए । उक्त खेलमा गोल गर्दै उनी ला लिगामा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए ।

यामल गत महिना १६ वर्ष ४७ दिनको उमेरमा जर्जियाविरुद्ध डेब्यू गर्दै  स्पेनका लागि खेल्ने खेलाडी बनेका थिए । सोही खेलमा गोल गरेका उनले स्पेनका लागि सबै भन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान पनि कायम गरेका थिए ।