बुकायो साका

साका कम्तीमा पनि १५ दिन मैदान बाहिर रहने

काठमाडौं । आर्सनलका फरवार्ड बुकायो साका कम्तीमा पनि १५ दिन इङ्ल्यान्डको टोलीबाट बाहिर रहने भएका छन् ।

ह्यामस्ट्रिङको चोटका कारण आइतबार च्याम्पियन म्यानचेस्टर सिटीलाई प्रिमियर लिगमा १० ले पराजित गरेको खेलमा साका अनुपस्थित थिए । यससँगै  साकाले अस्ट्रेलिया र इटालीविरुद्धको खेल गुमाउने निश्चित भएको छ ।

इङ्ल्यान्डले अक्टोबर १४ मा अस्ट्रेलियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । ४ दिनपछि युरोपियन च्याम्पियनसिप छनोटमा इटालीको सामना गर्नेछ ।

पछिल्लो समय साका ह्यामस्ट्रिङ समस्यासँग संघर्ष गर्दै आएका छन् । गत मंगलबार च्याम्पियन्स लिग अन्तर्गत लेन्सविरुद्धको खेलमा उनले ३४ मिनेट मात्र मैदानमा बिताएका थिए ।

इङ्ल्यान्डका मुख्य प्रशिक्षक  ग्यारेथ साउथगेटले गत बिहीबार साकासँग कुनै जोखिम नलिने बताएका थिए,

‘हामीले देशलाई युरोपियन च्याम्पियनसिपमा छनोट गाउने जिम्मेवारी पाएका छौं,’ साउथगेटले भने,‘तर म एक पनि खेलाडी हुँ। त्यसैले म कहिल्यै पनि खेलाडीको स्वास्थ्यमा जोखिम उठाउन चाहन्न ।’