इङ्लिस प्रिमियर लिग

चेल्सीको सहज जित

काठमाडौं । चेल्सीले इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु टोली बर्नेलीविरुद्ध ४-१ को सहज जित निकालेको छ ।

जितसँगै ११ खेलमा ११ अंक जोडेको चेल्सी १० औं स्थानमा छ । पराजय व्यहोरेको बर्नेली समान खेलबाट ४ अंकका साथ १८ औं स्थानमा छ ।

ट्रफ मोर रंगशालामा चेल्सीलाई जित दिलाउन काले पाल्मर, रहिम स्टर्लिङ र निकोलस ज्याक्सनले गोल गरे । १ गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । बर्नेलीका लाागि विलसन ओडोबर्टले १ गोल गरे ।

खेलको १५ औं मिनेटमा ओडोबर्टले गोल गर्दै बर्नेलीलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा अमिन अल दाखिलबाट आत्मघाती गोल हुन पुग्दा चेल्सी बराबरीकमा आयो ।

५० औं मिनेटमा पाल्मरले पेनाल्टीमर्फत गोल गर्दै चेल्सीलाई २-१ ले अगाडि बढाए । ६५ औं मिनेटमा स्टर्लिङले टोलीका लागि तेस्रो गोल गरे ।

७४ औं मिनेटमा ज्याकसनले गोल गर्दै चेल्सीलाई ४-१ को जित दिलाए ।

शनिबार नै सम्पन्न अन्य लिग खेलमा फुलहमले सेफिल्ड युनाइटेडलाई ३-१, एभर्टनले बर्नमाउथलाई ३-० र म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्ड युनाइटेडलाई २-१ ले पराजित गरे ।